मैत्रीपूर्ण फुटबल खेलमा नेपालले चीनलाई ५-१ ले हरायाे

२०८० माघ २७ गते, शनिबार

काठमाण्डाै – चीनसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालको २३ वर्षमुनिको टोलीले चीन यान्सुको २३ वर्षमुनिको टोलीलाई ५–१ गोलले हरायो ।

पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो । चीनले एक गोल फर्कायो । चिनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा खेल भएको हो ।

 रंगशालामा चिनियाँ ड्रागन शो, मार्सल आर्ट शोलगायतका कार्यक्रम पनि भएका छन् । 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon