रामेछाप उद्योग वाणिज्य संघले गर्याे आम्दानी र खर्चको विवरण सार्वजनिक
यहि पौष २६ गते देखी रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा ११ दिनसम्म चलेको वृहत रामेछाप महोत्वसको आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ । महोत्सवको आयोजक समेत रहेको उद्योग वाणिज्य संघ रामेछापले आज(शुक्रबार ) पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको थियो ।
उद्योग वाणिज्य संघका कोषाध्यक्ष झनक बहादुर बुढाथोकीले प्रस्तुत गर्नुभएको विवरण अनुसार महोत्सवबाट सबै खर्चहरु कटाएर १५ लाख ८२ हजार ७ सय २६ रुपैयाँ आम्दानी भएको छ । यो रकम भने विभिन्न निकायहरुबाट आउन बाँकी रहेको उहाँले बताउनुभयो । महोत्वसमा २७ लाख ३० हजार ४ सय ३ रुपैयाँ खर्च भएको छ ।
जिल्लामा उत्पादित कृषि उपज,हस्तकलाका समाग्रीहरु र स्थानिय खानाका परिकारहरुको प्रवद्र्धन गर्न महोत्सवले महोत्वपूर्ण भूमिका खेलेको उद्योग वाणिज्य संघका अध्यक्ष नविन थापा मगरले बताउनुभयो । महोत्सव अवधिभर सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघस्थाहरुलाई उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो ।
महोत्सवले लिएको लक्ष्य ८० प्रतिशत पुरा भएको उहाँले बताउनुभयो । यो महोत्वबाट धेरै कुराहरु सिकेको भन्दै उहाँले आगामी वर्षहरुमा संचालन गर्ने महोत्वलाई अझ व्यवस्थित बनाउँदै लैजाने समेत बताउनुभयो । महोत्सव मूल आयोजक समितिका संयोजक केशव प्रसाद घिमिरेले निकै सभ्य र भव्य रुपमा ११ दिनसम्म संचालन भएको महोत्सवले सुस्ताएको व्यापार व्यवसाय बढाउन सहयोग गरेको बताउनुभयो ।







