काङ्ग्रेसको कृर्याशिल सदस्यहरुको वडा स्तरीय आधारभुत प्रशिक्षण कार्यक्रम खनियाखर्कमा सम्पन्न,
हिजो ( शनिबार) वडा सभापति हरिशरण बस्नेतको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सिन्धुलिको गोल्नजोर गाउँपालिका वडा न ५ खनियाखर्कमा राष्ट्रियता लोकतन्त्र समाजबाद मुल नाराको साथ जागरुक कृयाशिल सदस्य नेपाली काङ्ग्रेसको सुदृढ भविष्य कृयाशिल सदस्यहरुका लागि वडा स्तरीय आधारभुत प्रशिक्षण कार्यक्रम कालिका देबि भवन खनियाखर्कमा सम्पन्न भएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता दिनेश अधिकारी,प्रशिक्षकमा बृख बहादुर श्रेष्ठ,प्रमाेद कुमार गुरुङले आफ्नो शुभकामना मनतव्य दिनुभएको थियोे । मनतव्यकाे क्रममा पुर्बाधार बिकास ब्यवस्थित गर्दै लगेको नेपाली काङ्ग्रेसले हाे ।अरु कुनै पार्टीले नगरेको त्यसमा जस मात्रै लिन खाेजेकाे बताउनुभएको थियोे ।
कार्यक्रम संचालन वडा न ५ का वडा सचिब भरत सापकोटाले गर्नुभएको थियो । याे प्रशिक्षण कार्यक्रम गोलन्जोर गाउँपालिका र मरिणगाउँपालिकामा पनि भएको थियो ।







