रामेछापमा रास्वपाले गर्याे नयाँ समिति गठन, १५ सदस्यीयकाे नेतृत्व चयन

२०८३ जेष्ठ २१ गते, बिहीबार

रामेछाप ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिजो (बुधबार ) रामेछाप नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न गरेको छ । रामेछाप बजारमा आयोजित अधिवेशनले नयाँ नगर समिति गठन गर्दै विभिन्न संगठनात्मक निर्णयहरू गरेको थियोे ।

अधिवेशनमा नगर समिति गठन गर्ने, संगठन विस्तारबारे जानकारी गराउने तथा विविध विषयमा छलफल गरी आवश्यक निर्णयहरू पारित गरिएको आयोजकले जानकारी दिएको छ ।
नवगठित नगर समितिहरु
सभापति: नर बहादुर कार्की
उपसभापति: जीवन कुमार श्रेष्ठ
सचिव: बुद्धिराज श्रेष्ठ
सहसचिव: काली धबहादुर तामाङ (किरण)
कोषाध्यक्ष: अम्बिका तामाङ

सदस्यहरू
अनिल श्रेष्ठ
रामकुमार श्रेष्ठ
सानीमाया तामाङ
कमला पौडेल
धनबहादुर तामाङ
उजन सार्की
दीपक कुमार पाख्रिन
जीवन कुमार खड्का
सिताराम रोका
शिवराम सुवेदी
अधिवेशनले नवगठित समितिमार्फत रामेछाप नगरपालिकाभित्र पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै स्थानीय जनताका समस्या, विकास निर्माण, सुशासन तथा जनउत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय समेत गरिएको बताइएको छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशनमा उपस्थित पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon