लेखक : निरु थापा (दृष्टिकोण अनलाइन डट कम रामेछाप )

२०८१ जेष्ठ ३० गते, बुधबार

सधै खुसी देखिन्छु म,,यिनका साथमा बस्दा रमाई ।
दिन दिनै बढ्दै गाछन,जिन्दगीका मेरा कमाई ।

अब बाकी भकाे जीवन,,यिनकैलागि साचेकी छु ।
दायाँबायाँ राखी आज,,यिनकै आसमा बाचेकी छु ।
धन सम्पत्ति केही चाहिदैन,,यिनै भए पुग्छ मलाई ।
दिन दिनै बढ्दै गाछन,,जिन्दगीका मेरा कमाई ।

घाम लाग्दा छहारी त,,पानी पर्दा ओत भाकाछन ।
मैले दैनिक पुजा गर्ने,,वर पिपलका बाेट भकाछन ।
पूजा गर्ने मन्दिर खाेज्दै,,हिडिरहनु छैन मलाई ।
दिन दिनै बढ्दै गाछन,,जिन्दगीका मेरा कमाई ।

अहिले जस्तो भएपनि,,पछि खुसी आउछ भनी ।
जिन्दगीका दुख पीडा,,भुल्दै बस्छु अझै पनि ।
यिनका सामु हाँसी खुसी,,बस्नु पर्छ मैले रमाई ।
दिन दिनै बढ्दै गाछन,,जिन्दगीका मेरा कमाई।

याद आउछ साना छदा,,दुईपट्टि डाेराएकाे ।
ताेते बाेलि बाेल्दै यिनले,,मामु भनी बाेलाएकाे ।
बाल्यकालकाे याद दिलाउदै,,बसिरहन्छु यिनसँग रमाई ।
दिन दिनै बढ्दै गाछन,,जिन्दगीकाे मेरो कमाई ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon