शिक्षा,स्वास्थ्य र विकासमा कहिले राजनीति नहाेस् रामेछाप नगरपालिकाका मेयर लव श्री न्याैपाने,

२०८१ असार २ गते, आईतवार

आज (आईतवार) रामेछाप नगरपालिकाको आयोजनामा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका लागि एक दिने क्षमता विकास तालिम दिइएको थियो ।

याे तालिम गौरीशङ्कर माध्यमिक विद्यालयको सभाहलमा नगर प्रमुख आदरणीय लवश्री न्यौपानेकाे अध्यक्षतामा भएको थियो । तालिमको सहजिकरण सामुदायिक महा सङ्घका केन्द्रीय सल्लाहकार तथा प्रमुख प्रशिक्षक श्री युवराज वास्कोटाले गराउनु भकाे थियो ।

तालिमको उद्घाटन समापनमा बाेल्दै कार्यक्रमका अध्यक्ष नगर प्रमुखले भन्नुभयो विद्यालय बनाउन शिक्षक,अभिभावक,र व्यवस्थापन समितिकाे ठुलो हात रहेकाे हुन्छ त्यसैले शिक्षा,स्वास्थ्य र विकासमा कहिले राजनीति हुनुहुन्न । शिक्षामा राजनीति भयो भने गुणस्तरीय शिक्षा पाउन सकिदैन स्वास्थ्यमा राजनीति भयो भने मान्छे मर्न लागेको छ उपचार गर्न याे कुन पाटीकाे भनेर बस्यो भने कहिले बिरामीको उपचार हुनु राजनीति भएको ठाउँमा गुणस्तरीय स्वास्थ्य पाउन सकिदैन त्यस्तै विकासमा पनि राजनीति भयो भने विकास नै हुनसक्दै त्यसैले यी तीन क्षेत्रमा कहिले राजनीति नहाेस् भन्दै तालिमको उद्घाटन समापन गर्नुभएको थियो ।

तालिममा वागमती प्रदेश विव्यस महासङ्घका उपसभापति तथा गौरीशङ्कर माविका अध्यक्ष श्री कमलबिक्रम कार्की, शिक्षा शाखा प्रमुख श्री नमराज बढू, शिक्षा प्राविधिक श्रवण शर्मा, गाैरी शंकर माविका प्र अ राम प्रसाद पाैडेल लगायत नगरभरिका सामुदायिक विद्यालयका विव्यस अध्यक्ष र महिला सदस्यहरुको उपस्थितिमा याे तालिम संचालन भएको थियो ।

रामेछाप नगरभरिका सामुदायिक विद्यालयका विव्यस अध्यक्ष र महिला सदस्यहरुको उपस्थितिमा रामेछाप नगर विव्यस महासङ्घ श्री सुशीलहरि वख्रेलको अध्यक्षतामा गठन भएको थियोे ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon