लेखक: निरु थापा दृष्टिकोण अनलाइन डटकम रा. नं.पा.७

२०८१ श्रावण १९ गते, शनिबार

एउटा निर्दाेष माछीकाे जिन्दगी

थकानलाई मेटाउन बसे ,,नदि वालमा ।
आयाैँ माछी खेल्दै खेल्दै ,,परेयाै पापी जालमा ।

परेयाै जालमा माछी तिम्रो ,,जिन्दगीनै सकियो ।
तिम्रो हालत देख्दा मेरो झन्डै ,,सास राेकियाे ।
निर्दाेष भई बग्दै आयाैँ ,,पानीकाे त्यो भल्मा ।
आयाैँ माछी खेल्दै खेल्दै,, परेयाैँ पापी जालमा।

तिमी आउछाैँ भनी पर्खे,,नदि किनारैमा ।
जस्तो लेख्याे उस्तै,,भाेग्न पर्छ जिवनैमा ।
रमाई रमाई खान्छन् तिमीलाई,,फिजाएर थालमा ।
आयाैँ माछी खेल्दै खेल्दै,,परेयाै पापी जालमा ।

माछी तिम्रो जीवन हेर्दा,,आँखा रसाउछ ।
तिमी यस्तो माहान रछाैँ,,भट्टी बसाउछ ।
तिम्रो पिडा देख्नु रछ,,बसेछु म वालमा ।
आयाैँ माछी खेल्दै खेल्दै,,परेयाैँ पापी जालमा ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon