दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डे लाङ्गाले चितवन राइनोजबाट खेल

२०८१ कार्तिक ८ गते, बिहीबार

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मर्स्यान्ट डे लाङ्गाले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । दक्षिण अफ्रिकाका ३४ वर्षीय बलर लाङ्गालाई टोलीमा अनुबन्ध गरेको चितवन राइनोजले जनाएको छ ।

उनले १ सय ५१ टी–२० क्रिकेटमा १ सय ६६ विकेट लिएका छन् । उनले राष्ट्रिय टोलीबाट भने धेरै खेल खेल्ने मौका पाएका छैनन् । मर्स्यान्ट डे लाङ्गाले इन्डियन प्रिमियर लिग (आईपीएल), द हन्ड्रेड, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायतका चर्चित फ्रेन्चाइजी लिग पनि खेलिसकेका छन् ।

चितवन राइनोजमा अनुबन्ध भएपछि उनले विश्वका सबैभन्दा जोशिला समर्थकहरूको अगाडि खेल्न पाउँदा रोमाञ्चित भएको बताएका छन् । यस्तै टोलीका प्रबन्ध निर्देशक आयुश न्यौपानेले अनुभवी विदेशी बलरलाई अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon