रामेछाप नगरपालिकाकाे खुल्ला पुरुष फुटबल प्रतियोगिता सम्पन्न,उपाधि आयोजक शैले शिखर युवा क्लबलकाे,,

२०८१ कार्तिक १३ गते, मंगलवार

तिहारको अवसरमा आयोजना गरिएको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक शैले शिखर युवा क्लबले जितेको छ । रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।

(आज) मंगलबार भएको खेलमा आयोजक शैले शिखर युवा क्लबले नगद ५० हजार सहित ट्रफी उचालेको हो । शैले शिखर युवा क्लबले हिमगंगा फुटबल क्लबलाई १२ गोल गरेको हो । हिमगंगा फुटबल क्लबले भने २ गोल मात्रै फर्काउन सक्यो ।

दोश्रो भएको हिमगंगा फुटबल क्लबले नगद २५ हजार सहित ट्रफी प्राप्त गरेको हो । प्रतियोगितामा खड्ग दल गण तेश्रो हुन सफल भयो । खड्ग दल गणले तेश्रो स्थानमा चित्त बुझाउँदै नगद १० हजार र ट्रफी प्राप्त गरेको हो ।

प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुने टिमका खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेको लायन्स क्लबका खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी श्याम माझी,उत्कृष्ट गोल रक्षक अजय माझी,उत्कृष्ट डिफेन्डर भिम माझी,उत्कृष्ट गोलकर्ता करण खड्का र उदाउँदो खेलाडी ईश्वर माझी घोषित हुनुभयो ।

उहाँहरुले नगद २ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र नगरपालिकाका प्रवक्ता समिर कार्कीले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगिता संचालन अवद्यिभर सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तिहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । आइतबारदेखि सुरु भएको प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए ।

शैले शिखर युवा क्लब रामेछाप नगरपालिका ७ सिम्लेको आयोजना र डि.आर.एम अटो स्पेयर पार्ट एण्ड वर्कशपको सह आयोजनामा प्रतियोगिता संचालन गरिएको हो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon