उमाकुण्ड गाउँपालिकामा पाँचौ राष्टपति रनिङ शिल्ड प्रतियोगिता सुरु,
२०८१ मंसिर १३ गते, बिहीबार
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा हिजो (बुधबार)देखी पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उद्धघाटन गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गर्नुभएकाे थियो । पालिकाभरीका ७ वटा माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन ।
गाउँपालिकाको वडा नं. २ बाम्ती भण्डार स्थित सिद्देश्वर मावीको खेल मैदानमा प्रतियोगिता संचालन भैरहेको छ । प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका विभिन्न खेलहरु खेलाईने छ ।







