एनपीएल खेल्न नेपाल आईपुगे इङ्ग्ल्यान्डका टम मुर्स

२०८१ मंसिर १४ गते, शुक्रबार

नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुनका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका इङ्ग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान टम मुर्स नेपाल आईपुगेका छन् ।

लुम्बिनीका पहिलो विदेशी खेलाडीका रुपमा मुर्स हिजो नेपाल आइपुगेका हुन् । मुर्सलाई लुम्बिनीका मालिक ईश्वर जिसीलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

लुम्बिनीमा इङ्ग्ल्याण्डका मुर्सबाहेक अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द र वेस्ट इण्डिजका रामोन सिम्नोड्स र क्यानडाका साद विन जाफर विदेशी खेलाडीको रुपमा रहेका  छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको एनपीएल भोलि देखि पुस ६ गतेसम्म चल्नेछ । 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon