गोलन्जोर गाँउपालिकाकाे दुई वडाकाे विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री  वितरण,

२०८१ पुष ६ गते, शनिबार


सिन्धुली ।

सिन्धुली जिल्लाकाे गाेलन्जाेर गाउपालिकाकाे दुई विद्यालयमा गाउपालिका अध्यक्ष शंकरराज बरालकाे प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री सहित ३६ जना विद्यार्थीहरुलाइ न्यानाे कपडा वितरण गरिएको थियोे । ब्याक टु लाइफ ई भी आर्थिक सहयोग र सिएसडिएस सिन्धुलीको साझेदारीमा गोलन्जोर गाँउपालिकाकाे दुई वडाकाे विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री  वितरण गरिएकाे हाे ।

विद्यालयमा गाउँपालिका अध्यक्ष र सम्बन्धित वडाका वडाअध्यक्षहरुकाे उपस्थितिमा सामान वितरण गरिएको थियोे ।

गोलन्जोर गाँउपालिका -४ आरुबोटेस्थित श्री प्राथमिक वि द्यालय ट्वाङ्ट्वाङेमा र गोलन्जोर गाँउपालिका – ३ मुर्किबेसीमा रहेको कुशेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा ज्याकेट र टोपी तथा शैक्षिक सामाग्री (कापी, कलम आदि) वितरण गरिएको  ब्याक टु लाइफ ई भी ले  जनाएकाे छ  ।

टू लाईफका डिकेन्द्र ढकालले शिक्षाको लागि आवश्यक आधाभूत कुराहरु र त्यसले बालबालिकाको सिकाईमा पार्ने महत्त्वपूर्ण भूमिका रहेको बताउँदै ब्याक टू लाईफले हाल गोलन्जोर गाउँपालिकामा संचालन गरिरहेको र निकट भबिस्यमा संचालन हुने विभिन्न आयोजनाको बारेमा पनि जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले गोलन्जोर गाउँपालिकालाई कार्यक्षेत्र बनाई सन्चालन गरिरहेको खानेपानी योजना पालिका स्तरीय अस्पताल, स्वास्थ चौकी र विद्यालय भवन निर्माण गर्न लागिएकोमा गोलन्जोर बासी समुदाय आफ्नो ब्यक्तिगत तर्फबाट दातृ निकाय ब्याक टू लाइफ तथा साझेदारी संस्था सि एस डी एसलाई धन्यवाद दिनुभएको थियोे ।

त्यस्तै वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले गाउँपालिकाको स्वास्थ शिक्षा र खानेपानीमा लागि धेरै नै ठूलो सहयोग हुने र पालिकाबासीले आ—आफ्नो क्षेत्रबाट निर्माण गरिएका संरचनाहरुको उचित संरक्षण र आवश्यक व्यवस्थापन तथा विद्यालयहरुमा बालबालिकालाई नियमित विद्यालय उपस्थिति गराउन सम्पूर्ण सरोकारवाला र अभिभावकहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयाे ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon