रामेछाप नगरपालिकाका १ सय ६६ जना अपाङ्ग लाई जाडोमा ओढ्ने न्यानो कपडा बल्याङकेट वितरण,
रामेछाप ।
रामेछाप नगरपालिकाले शारीरिक रूपमा अपाङ्गता भएका नगरका १ सय ६६ जनालाई जाडोमा ओढ्ने न्यानो कपडा बल्याङकेट वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले वडावडामै पुगेर बल्याङकेट वितरण गरिरहनुभएको छ ।
महिला,बालबालिका तथा जेष्ठ नागरीकहरुले नगरपालिकाबाट विभिन्न सेवा सुविधाहरु पाउँदै आउनुभएको भएपनि अपाङ्गता भएका व्यक्तिलाई खासै केही सुविधा दिन नसकेको उपप्रमुखले बताउनुभयो ।
बल्याङकेट वितरणसँगै उनिहरुको परिवारका सदस्यलाई अभिमुखीकरण कार्यक्रम समेत गरिएको छ । ९ वटा वडाहरु रहेको नगरपालिकाको २ र ४ बाहेक सबै वडाका अपाङ्गता भएका नागरीकहरुलाई बल्याङकेट वितरण गरिएको हो । अब बाँकी २ वडामा पनि बल्याङकेट वितरणसँगै अभिमुखीकरण कार्यक्रम हुने नगरपालिकाकी महिला विकास निरिक्षक सरिता बुढाथोकीले जानकारी दिनुभयो ।
वडा नं १ मा १५ जना, ३ मा २२, ५ मा २७, ६ मा २३, ७ मा २७, ८ मा ३० र ९ नम्बर वडामा २२ जना क र ख वर्गका अपाङ्गता भएकाहरूलाई यो जाडोमा ओढ्ने न्यानो कपडा बल्याङकेट वितरण गरिएको छ । जाडोमा समयमा ओढ्ने न्यानो कपडा बल्याङकेट पाएपछि नागरीकहरु पनि खुशी भएका छन ।







