सिन्धुलीकाे गाेलन्जाेर गाउँपालिका वडा नं छ मा भएको शैक्षिक समारोह मेला सम्पन्न
![]()
सिन्धुली जिल्लाको गाेलन्जाेर गाउँपालिका वडा नं ६ देउरालीटारमा रहेको श्री प्रभात आाधारभूत विद्यालयमा शैक्षिक शत्र २०८१ देखि बहु कक्षा बहु स्तर (Multi Grade Multi Level) शिक्षण विधिबाट कक्षा संचालन भईरहेकोमा विद्यार्थी भाईवहिनीहरुले सिकेका ज्ञान र सीप व्यवहारमा उतार्न आज (मंगलबार) विद्यालयको प्राङ्गनमा आयोजना गरिएको शैक्षिक मेला भव्यताका साथ सम्पन्न भएको छ ।
शैक्षिक मेला समारोह कार्यक्रममा गाउँपालिका अध्यक्ष शंकर राज बरालको प्रमुख आतिथ्यता भएको थियोे विशिष्ट अतिथी उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार), प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा नं. ६ र ३ का वडा अध्यक्ष रबिन कुमार श्रेष्ठ र कृष्ण प्रसाद पोखरेल साझेदार संस्थाका प्रमुख एवम् प्रतिनिधीहरु विद्यालयका प्र.अ. शिक्षक शिक्षिका, स्थानीय वुद्विजिवी अभिभावक र विद्यार्थीहरुको सहभागीता रहेको थियो भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको सभाध्यक्षतामा संचालन भएको थियोे ।![]()







