सिन्धुलीकाे गाेलन्जाेर गाउँपालिकामा पाँचदिने निःशुल्क आँखा शिविर कार्यक्रममा पाँचसय छब्बीस जनाले लिए सेवा,

२०८१ फाल्गुन ९ गते, शुक्रबार

सिन्धुली जिल्लाकाे गाेलन्जाेर गाउँपालिकाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान र सुनकोशी सामुदायिक अस्पतालको सहकार्यमा  यहीँ  फागुन ५ गते देखि ९ गतेसम्म वडास्तरमा आँखा जाँच तथा स्वास्थ्य परिक्षण शिविर संचालन कार्यक्रम आज( शुक्रबार) समाप्त भएको छ ।

शिविर  फागुन ५ गते वडा नं. १ डुडभञ्ज्याङ्गमा संचालन भएको थियो याे शिविरमा  ९९ जनाले सेवा लिएका थिए । फागुन  ६ गते वडा नं. २ बितिजोरमा संचालन भएको  शिविरमा ८८ जना सेवा लिएका थिए त्यसैगरी फागुन  ७ गते वडा नं. ४ तिनकन्यामा संचालन भएको शिविरमा १३५ जनाले सेवा लिएका थिए फागुन ८ गते  वडा नं. ५ नयाँखर्कमा संचालन भएको शिविरमा ९२ जनाले सेवा लिएका थिए भने आज (शुक्रबार) ९ गते  वडा नं. ३ ग्वालटारमा  संचालन भएको  शिविरमा ११२ जनाले सेवा लिएका थिए ।

५ दिनसम्म संचालन भएको  शिविरमा सहभागी सबै सेवाग्राहीको नसर्ने रोग पहिचान गर्न सुगर, प्रेसर, BMI र पिसाब जाँच समेत गरिएको थियो। जम्मा ५२६ जनाले सेवा लिएका थिए भने ३६ जना मोतियाविन्दुको बिरामी छन  यी विरामीहरुलाई गाउँपालिकाले खान बस्न सहित १६ र १७”गते सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा नि:शुल्क अपरेशन गरिने कार्यक्रमकाे तयारी गरिएको छ भन्ने गाेलन्जाेर गाउँपालिका स्वास्थ्य शाखाका मीन आछामी जानकारी दिनुभयो ।

नि:शुल्क आँखा  शिविर  कार्यक्रममा गाेलन्जाेर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चाैधरी,स्वास्थ्य शाखा प्रमुख विरेन्द्र शाह, स्वास्थ्यकर्मीहरु शिविर संचालन भएका वडाका वडा अध्यक्षहरुकाे उपस्थिति थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon