जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा हरिहरपुरगढी गाउँपालिकाले गर्याे प्रथम स्थान हासिल,

२०८१ फाल्गुन १३ गते, मंगलवार

सिन्धुली जिल्लाकाे हरिहरपुगढी गाउँपालिका ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  महिला र पुरुष दुबैले प्रथम स्थान प्राप्त गर्न सफल भएका छन ।  प्रथम सिन्धुली जिल्लास्तरीय खेलकुद महोत्सवमा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालको प्रमुख आतिथ्यतामा आज ( मंगलबार) सम्पन्न भएको हाे ।

हरिहरपुगढी गाउँपालिकाले ६ स्वर्ण, ३ रजत र ९ कास्यसहित कूल १८ पदक जितेको छ । त्यस्तै करातेमा ५ स्वर्ण, ३ रजत र ९ कास्य तथा फुटबलमा १ स्वर्ण पदक हात पार्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

खेलाडिहरुको हौसला बढाउनको लागि प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल,हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, लगायतले अबिर,माला लगाएर विजयी खेलाडीहरुसँग खुसि साट्नु हुँदै बधाई दिनुभएकोे छ भने खेलाडिहरुलाई बाजागाजा सहित विजयउत्सव मनाउँदै हरिहरपुगढी गाउँपालिकामा भव्य स्वागत गरिएको थियो ।

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले जिल्लास्तरीय खेलकुद प्रतियोगितामा विजेता खेलाडीहरुलाई बधाई दिँदै प्रदेश र राष्ट्रियस्तरको प्रतियोगिताका लागि शुभकामना दिनुभयो । उहाँले राष्ट्रिय खेलाडी बनेर अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्ने संकल्पका साथ अघि बढ्न पनि खेलाडीहरुलाई आग्रह गर्नुभयो । साथै, प्रतिस्पर्धामा विजयी हासिल गर्न नसकेका खेलाडीहरुलाई पनि निराश नबन्न र अर्को प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि तयारी गर्न उहाँले आग्रह गर्नुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon