८९ लाख ८८ हजार ६२३ रुपैयाँ लागतमा भयो नव निर्मित भवन शिलान्यास,

२०८१ चैत्र १० गते, आईतवार

सिन्धुली जिल्लाकाे हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ कोक्टिमा आज(आईतवार) कालिका आधारभूत विद्यालयमा निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरिएको छ ।

निर्मित भवनको लामाद्धारा विधिपुर्वक पूजाआज गरी हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले शिलान्यास गर्नुभएको हो ।

भवनको शिलान्यास गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले भाैगाेलिक हिसाबले निकै विकट रहेको कोक्टीमा शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा गाउँपालिका लागि परेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागि शिक्षक, अभिभावक र विद्यार्थी सबैको भूमिका रहेको बताउनुभयो ।

संघिय सरकारबाट हस्तानतरित कार्यक्रम ( विशेष अनुदान ) को भ्याट सहित चारकोठे आरसिसि भवन ८९ लाख ८८ हजार ६२३ रुपैयाँ लागतमा कालिका आधारभुत विद्यालय र सोहि वडाको चिसापानी स्थित जनज्योति आधारभुत विद्यालयको भवन एउटै प्याकेजमा निर्माण हुन लागेको हो ।

सिकाक हुस्से निर्माण सेवाले २०८१ मंशिर ७ गते गाउँपालिकासँग २०८२ जेठ २५ गते निर्माण सम्पन्न गरी हस्तानतरण गर्ने गरी सम्झौता गरेको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon