रामेछाप नगरपालिकाले ८ महिनामा १३ दशमलव ४५ प्रतिशत बजेट बिकास निर्माणमा गर्याे खर्च,

२०८१ चैत्र १० गते, आईतवार

 रामेछाप जिल्लाकाे रामेछाप नगरपालिकाको विकास खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नगरपालिकाले चालु तर्फ ४४ दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको हो

नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा २६ करोड ७ लाख ५५ हजार ६ सय ९४ रुपैयाँ अर्थात ३३.९१ प्रतिशत रकम खर्च गरेको हो ।

सो कुरा आईतबार(आज) रामेछाप नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत चापागाईले यो अवधिसम्म चालु तर्फ ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ रुपैया बजेट रहेकोमा २२ करोड ६४ लाख २३ हजार १ सय ८ रुपैया अर्थात ४४ दशमलव ०९ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । पुँजीगत तर्फ २५ करोड ५१ लाख ६५ हजार ८ सय २८ रुपैया बजेट रहेकोमा ३ करोड ४३ लाख ३२ हजार ५ सय ८६ रुपैया अर्थात १३ दशमलव ४५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत चापागाईले बताउनुभयो । यो अवद्यिसम्म नगरपालिका तथा वडाले विभिन्न शिर्षकमा ७० लाख ७८ हजार राजश्व संकलन गरेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र विकास निर्माणका कामहरुसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई र सम्बन्धित वडाका वडाअध्यक्षले दिएका थिए ।

उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिपक घिमिरे ,रास्वपाका नेता दुर्गा बहादुर बस्नेत,माओवादी केन्द्रका नेता भिम बहादुर तामाङ्ग,नेकपा एमालेका नगर अध्यक्ष रोशन पाख्रिन र नेपाली कांग्रेसका नगर सचिव सुशिलहरी बख्रेलले नगरपालिकालाई विभिन्न सुझाव सहितको मन्तव्य राख्नुभयो । उहाँहरुले नगरले गर्ने हरेक कामहरु निस्पक्ष र पार्दर्शी हुनुपर्ने बताउनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,नगर प्रवक्ता समिर कार्की ,विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधी,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी,वडाअध्यक्षहरु,पत्रकार,नगरपालिकाका कर्मचारी,नागरीक लगायतको उपस्थिती रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमकै अवसर पारेर स्वास्थ्य,कृषि,पशु,आयूर्वेद र जेष्ठ नागरीक परिचय पत्र वितरण जस्ता विविध सेवाहरु संचालन गरिएको थियो भने कार्यक्रमको सहजीकरण हजुरकाे रेडियोले  गरेको थियोे ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon