सिन्धुलीको गाेलन्जाेर गाउँपालिमा वडा नं १ डुडभञ्ज्याङ्ममा स्वास्थ्य चाैकी भवन उद्घाटन तथा हस्तान्तरण,
सिन्धुली ।
सिन्धुली जिल्लाकाे गाेलन्जाेर गाउँपालिका वडा नं १ डुडभञ्ज्याङ्ममा जापान राजदुतावासको आर्थिक सहयोग, गोलन्जोर गाउँपालिकाको समन्वय तथा सहकार्य नेपाल सिन्धुलीद्वारा निर्मित स्वास्थ्य चौकी भवन जापान राजदूतावासका सेक्रेटरी माननीय श्री एन्डो तोशी युकीकाे प्रमुख आतिथ्यतामा आज(साेमवार) उद्घघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन् भएको छ ।
कार्यक्रममा राजदूतावासका प्रतिनिधि राजिव शाक्य, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्की, गाउँपालिका अध्यक्ष शंकरराज बराल ,उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने(पुकार) वडाध्यक्षहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुकाे उपस्थिति भएको थियो ।
स्वास्थ्य चौकी पक्की भवन १ करोड १० लाख लागतमा निर्माण भएको हाे आधारभुत स्वास्थमा डुडभञ्ज्याङ्बासीको अझ पहुच स्थापित हुनेछ।यस महत्वपुर्ण कार्यमा आर्थिक सहयोग उपलब्ध गराउने जापानी दूतावास र हर तवरबाट गाउपालिकालाई समन्वय गरि छनौट प्रकृया,निर्माण प्रकृयामा भुमिका निर्वाहा गर्नुहुने सहकार्य नेपाल सिन्धुली तथा खेटराज अधिकारीलाई गाउपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने ( पुकार) ले आफ्नो तथा गाउँपालिकाकाे तर्फबाट हार्दिक धन्यवाद दिनुभएको थियोे ।![]()







