मासुका लागि पाडा प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकाले किसानहरुलाई नि:शुल्क पाडा वितरण,

२०८१ चैत्र २० गते, बुधबार

सिन्धुली ।

सिन्धुली जिल्लाकाे मरिण गाउँपालिकामा हिजो (मंगलबार)  ‘मासुका लागि पाडा प्रवर्द्धन  कार्यक्रम’ अन्तर्गत पालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) ले किसानहरुलाई भैँसीकाे पाडा हस्तान्तरण गर्नुभएको थियोे ।

गाउँपालिकाले स्थानीय कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले भैँसीको पाडा वितरण गरेको थियो । मंगलबार एक औपचारिक कार्यक्रमा’अन्तर्गत  मरिण गाउँपालिकाले किसानलाई भैँसीको पाडा वितरण गरेको हो ।

मरिण गाउँपालिका वडा नम्बर ४ का १० घर परिवारलाई दुई/दुई वटाको दरले भैसीकाे पाडा वितरण गरिएको थियो  । नेपाल र चीन बिच भएको सम्झौता बमोजिम नेपालको भैँसीको मासु चीन पठाइने छ । यसका लागि मरिण गाउँपालिका वडा नं. ४ साहानमा पनि चाइनिज कम्पनिले मासु कटिङ उद्योग स्थापना गर्न प्रकृया सुरु गरिसकेको पालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) ले भन्नुभयाे पालिकाकाे पहिलो प्राथकिमता भनेको स्थानीय किसान र उनिहरुको संरक्षण, प्रोत्साहन तथा प्रवर्द्धन गर्नु हाे  किसानहरु जव आत्मनिर्भर हुन्छन् तवमात्र स्थानीय सरकार सफल हुने उहाँले बताउनु भयो । मुक्तानले मासु कटिङ उद्योग स्थापना भएपश्चात राँगा भैसीपालन गर्ने किसानहरुलाई आयआर्जनको श्रोतमा थप मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, अडाअध्यक्ष लगाएत किसाहरुकाे उपस्तिथि थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon