गाेन्जाेरकाे खनियाखर्कका २३ जना गृहिणी महिलाले लिए अचार बनाउने तालिम,

२०८१ चैत्र २४ गते, आईतवार

सिन्धुली ।

सिन्धुली जिल्लाकाे गाेलन्जाेर गाउँपालिका वडा नं ५ खनियाखर्कमा आज (आईतवार) वडा अध्यक्ष गोबिन्द बहादुर लुङ्गेली मगरकाे अध्यक्षता तथा गाेन्जाेर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने (पुकार) काे प्रमुख आतिथ्यतामा  १५ दिने अचार बनाउने सीप विकास तालिम सम्पन्न भएको छ।

गोलन्जोर गाउँपालिकाको आयोजनामा गृहिणी महिला  सशक्तिकरण कार्यक्रम अन्तर्गत वडा नं. ५ खनियाखर्कमा संचालन भएको १५ दिने तालिममा २३ जना गृहिणी महिलाहरुको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुले आफूले सिकेका सीप व्यवहारमा उतार्न तत्काल समूह मार्फत अचार उत्पादन गर्ने र बजारमा बिक्री गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रवक्ता रेगनराज थापा, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी वडा नं. १ का वडा अध्यक्ष साेमप्रसाद बराल र वडा नं ३ का वडाध्यक्ष कृष्ण प्रसाद पोखरेल, कार्यपालिका सदस्य, विभिन्न पार्टीका प्रमुख एवम् प्रतिनिधी सहित गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिति ‌ थियो ।

कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले अचार उद्योग स्थापनाका लागि समूह मार्फत वीउ पुँजी उपलब्ध गराउने र बजार व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्न प्रतिवद्धता समेत व्यक्त  गर्नुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon