मरिण गाउँपालिका अध्यक्ष विकास र सरसफाइकाे काममा आफै सहभागी,
![]()
सिन्धुली ।
“हाम्रो सम्पदा, हाम्रो गौरव!”भन्ने मुल नाराका साथ सिन्धुली जिल्लाकाे मरिण गाउँपालिका वडा नं ५ मा मरिण गाउँपालिका अध्यक्ष बिमर्श मुक्तानले पंचकन्या पाेखरीमा नै कार्यकक्ष संचालन गर्दै पर्यटकीय स्थलको सरसफाइ साथै पुर्ण निर्माणकाे लागि निरन्तर रुपमा श्रमदान अभियान गर्दै आउनुभकाे छ ।
मरिण गाउँपालिका अध्यक्ष बिमर्श मुक्तान(प्रख्यात) जति नामले सुन्दर हुनुहुन्छ त्यतिनै कामले पनि प्रख्यात हुनुहुन्छ ।अरु ठाउमा निर्वाचित भएका नगरका मेयर,पालिका अध्यक्षहरुलाइ मिटिङ र गाेष्टी कार्यक्रमहरुमा मात्र देखिन्छन् तर मरिण गाउँपालिका अध्यक्ष सरसफाइ र विकासकाे काममा आफै जनतासँग मिलेर काम गर्नमा व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ हामीलाई जनताले कार्यालयमा कुर्सी घुमाउनकाे लागि भाेट दिएर जिताकाे हैन काम गर्न र विकास गर्नकाे लागि भाेट दिएर जिताकाे हुन्न । मैले जनतालाई दिएको वचन पूरा गर्छु र अरुलाइ मात्र काम लगाउदिन म आफै पनि काममा खट्छु याे पालिका जनताको मात्र हैन मेरो पनि हाे र पालिका बाँसीलाई सुबिधा मिल्नु र खुसी मिल्नु भनेको नै मेरो खुसी हाे ।![]()
पानी मानिस लगायत जीवित प्राणीकालाई नभइ नहुने एक तरल पदार्थ हाे सफा पानीले हाम्रो ज्यान बाचेकाे छ भने फाेहाेर पानीले हाम्रो ज्यान जान पनि सक्छ । सफा पानी पिउनाले हाम्रो शरिरमा भएको ५० प्रतिशत राेग पानीबाट नै जाने गर्छ भने खाने पानी वरिपरि सरसफाइ गर्नुपनि महत्त्वपूर्ण छ। खानेपानीकाे वरिपरि बाेटविरुवा राेप्नुपर्छ जहाँ हरियाली हुन्छ त्यहा पानीकाे मुहान सुक्न पाउदैन । अहिले धेरै जसाे ठाउँमा खानेपानीकाे मुहानहरु सुक्दै गएका छन यसको कारण हाे (बाटोकाे विकास) जतिसुकै बाटोकाे ट्याक खाेल्नाले गाउँमा भएका पुर्खाैली धारा,कुवा सुकेका छन। नजिका मुहान सुकेपनि टाढाकै मुहानलाई संरक्षण सरसफाइ गरेर पानी पिउनु नै सबैभन्दा राम्रो हाे ।
एक हप्तादेखि चल्दै आएको पाेखरी सरसफाइ र विकास निर्माणकाे कार्यक्रममा पालिका अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत लगाएत स्थानीय बासिन्दा, युवाहरू, सामाजिक अभियन्ता तथा सुरक्षाकर्मीहरूको सहकार्यमा गरिएको यस प्रयासले पोखरी क्षेत्रको सफाइ, हरियाली विस्तार र संरचनागत सुधारमा महत्वपूर्ण योगदान पुर्याएको छ।![]()







