रामेछाप नगरपालिका वडा नं ७ सुकाजाेरले दाेस्राे चाैमासिक बिकास निर्माणकाे गर्याे सार्वजनिक सुनुवाइ,

२०८१ चैत्र २५ गते, सोमबार

रामेछाप।

रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले आज (साेमबार) नरप्रबक्ता एवम् वडाका वडा अध्यक्ष समीर कार्कीको अध्यक्षता तथा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की थापाकाे प्रमुख आतिथ्यतामा चालु आ.व. २०८१/८२ को दाश्रो चौमासिक अवद्यिसम्मकाे बिकास निर्माण र वडाले गरेको सेवा प्रवाहकाे  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका सचिव अम्बिका कार्कीले जानकारी गराउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले विभिन्न प्रश्न,जिज्ञासा र गुनासोहरु राखेका थिए । उनिहरुले सडक,खानेपानी,कृषि,पशुपालन जस्ता विविध विषयवस्तुहरुमा रहेर प्रश्न गरेका थिए ।

रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले कार्यक्रममा नागरीकहरुले नगरपालिकासँग सम्बन्धित सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा वडासँग सम्बन्धित सहभागीहरुको प्रश्नको जवाफ वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले दिनुभयो ।

कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख एवं प्रतिनिधी हरु,विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरु,पत्रकार,नगरपालिकाका शाखागत कर्मचारीहरु लगायत वडा नं ७ का नागरीकहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon