रामेछापका पत्रकारहरुले गरे रजककाे परिवारलाई ३० हजार रुपैया हस्तान्तरण,

२०८१ चैत्र २५ गते, सोमबार

रामेछाप ।

काठमाण्डाैको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आगाे लगाएर मारिएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकका परिवारलाई रामेछापका पत्रकारहरुले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

 थाेपा थाेपा मिलेर सागर बन्छ भनेझैं श्रमजीवी पत्रकार मारिदा उसका आश्रित परिवारजनलाई आर्थिक रुपमा पर्ने संकटमा थोरै भएपनि मलमपट्टी लगाउने उद्धेश्यले उक्त रकम उपलव्ध गराईएको  नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले बताउनुभयो ।  पत्रकार महासंघ रामेछापमा अबद्ध पत्रकाहरुले आफुले सकेको सहयोग गरेकोमा उहाँले धन्यवाद समेत दिदै हामीले गरेको याे सुवातकाे कामबाट भाेलिकाे दिनहरूमा जाेसुक्कैलाइ  पर्नसक्ने आपत्त बिपत्तमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता गर्नुभयो ।

नेपाल पत्रकार महासंघ रामेछाप शाखाका सदस्यहरुले स्वच्छिक रुपमा प्रदान गरेको रकम सोमबार पत्रकार हिमाल ढुंगेल सहितको टोलीले स्वर्गीय रजकको परिवारलाई हस्तान्तरण गरेको छ

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon