गाेन्जाेरकाे वडा नं १ मा एकिकृत घुम्ती शिविर कार्यक्रम संचालन,

२०८२ बैशाख १० गते, बुधबार

सिन्धुली ।

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं १ डुड्भन्ज्याङमा आज (बुधबार) पहिलो दिन एकिकृत घुम्ति शिविर कार्यक्रममा संचालन भएको छ ।

कार्यक्रममा सेवाग्राहीको उल्लेखनिय सहभागिता रहेको थियो गाउँपालिका अन्तर्गत भएको कार्यक्रममा  जिम्मेवार शाखाहरुले वडा नं १ को वडा कार्यालय र साेहि वडाकाे कमदा मा.वि को भवनबाट विभिन्न सेवा प्रदान  गरेको थिए ।एकीकत  घुम्ती शिविर कार्यक्रममा २६१ जना सेवाग्राहीले सेवा प्राप्त गरेका थिए

वडास्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रम समेत संचालन  भएको थियो । वडा कार्यालयको दैनिक सेवा प्रवाह  हाल सम्म सम्पादन भएका योजना तथा कार्यक्रमको प्रगति सार्वजनिकिकरण सहित स्थानीय सर्वसाधारणबाट प्राप्त गुनासो, जिज्ञासा एंव प्रतिक्रियाहरुको सम्वोधन गर्ने कार्य समेत भयो ।

घुम्ती शिविर कार्यक्रम गाेलन्जाेर गाउपालिकाका अध्यक्ष शंकरराज बरालको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा पालिका उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने( पुकार), प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चाैधरी,वडा नं १ र ३ का वडा अध्यक्ष लगायत शाखागत कर्मचारीहरुकाे उपस्थिति भएको थियो ।

११ गते २ नम्बर वडाको वितिजोरमा, १२ गते वडा नम्बर ३ को ग्वालटारमा, १३ गते वडा नम्बर ४ को वडा कार्यालय तिनकन्यामा, १४ गते वडा नम्बर ५ को वडा कार्यालय रतनचुरामा, १५ गते वडा नम्बर ६ को कार्यालय वाशेश्वरमा र बैशाख १६ गते वडा नम्बर ७ को खुर्कोटमा संचालन हुने सूचनामा उल्लेख गरिएको छ । शिविर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म चल्ने छ ।

कार्यक्रम सहजिकरण वडापत्र मिडिया ग्रुप सिन्धुलीले गरेको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon