मरिण गाउँपालिका वडा नं. १ र २ मा सार्वजनिक सुनुवाई  सम्पन्न,

२०८२ बैशाख २२ गते, सोमबार

सिन्धुली ।

सिन्धुलीको  मरिण गाउँपालिकाले स्थानीय सेवा प्रवाहको गुणस्तर, पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्ने उद्देश्यले वडा नं. १ र वडा नं. २ मा  सार्वजनिक सुनुवाई कार्यक्रमहरू आयोजना गरेको छ । आज( साेमबार) सम्पन्न भएका यी कार्यक्रमहरू खलंगा (वडा नं. १) र रातमाटा (वडा नं. २) मा भव्य र सफलतापूर्वक सम्पन्न भएका हुन्।

कार्यक्रमहरू मरिण गाउँपालिकाका अध्यक्ष  विमर्स मुक्तान (प्रख्यात)काे प्रमुख  अतिथिमा भएको थियोे भने उपाध्यक्ष  विमला माझी विशिष्ट अतिथिमा हुनुहुन्थ्यो। वडा नं. १ मा कार्यक्रमको अध्यक्षता वडाध्यक्ष  हिरा बहादुर गुर्मछानले गर्नुभएको थियो भने वडा नं. २ मा वडाध्यक्ष  कमल बहादुर आले मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। साथै प्रमुख प्रशासकीय अधिकृत  विकास सुन्दास, वडा सदस्यहरु सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

कार्यक्रमहरूमा सेवाग्राही तथा स्थानीय बासिन्दाहरूले मरिण गाउँपालिकाबाट प्रवाह भइरहेको वस्तु तथा सेवासम्बन्धी आफ्ना गुनासा, सुझाव र अपेक्षाहरू खुला रूपमा राख्न पाए। प्रस्तुत सुझाव र प्रतिक्रिया भविष्यमा नीतिगत सुधार र प्रभावकारी सेवा प्रवाहमा सहायक हुने विश्वास लिइएको छ।

मरिण गाउँपालिकाले दुवै कार्यक्रमका सहभागीहरूप्रति आभार प्रकट गर्दै, सेवा प्रवाहमा अझ पारदर्शिता, जवाफदेहिता र गुणस्तर कायम राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon