मरिण गाउँपालिकामा ‘सेवा तपाईंको घरदैलोमा’ कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य परीक्षण सम्पन्न,

२०८२ बैशाख २३ गते, मंगलवार

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकाको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक, कपिलाकोट शाखाको सहकार्यमा आज (मंगलबार)   तेस्रो दिनको ‘सेवा तपाईंको घरदैलोमा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

वडा नं. ३ का दुई स्थान,बरूण सामुदायिक स्वास्थ्य इकाई र मथौली वडा कार्यालयमा आयोजित घुम्ती शिविरमार्फत नागरिकहरूलाई प्रत्यक्ष सेवा प्रदान गरिएको हो।

कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण तथा जेष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको थियो।

बरूण स्वास्थ्य इकाईमा १०० जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण र ३० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो भने मथौली वडा कार्यालयमा १६८ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण र १०० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो ।

जम्मा  २६८ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण र १३० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

यस कार्यक्रमले स्थानीय तहबाट सेवा सरल र सुलभ रूपमा नागरिकसम्म पुर्‍याउने उद्देश्यमा टेवा पुर्‍याएको छ। मरिण गाउँपालिकाले आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon