“मरिण गाउँपालिकाको सेवा तपाईंको घरदैलोमा”चौथो दिनको कार्यक्रम सम्पन्न,
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंक, कपिलाकोट शाखाको सहकार्यमा सञ्चालित “सेवा तपाईंको घरदैलोमा” अभियान अन्तर्गत आज(बुधबार) चौथो दिन मा वि खयरसाल वडा नं ४ वडा कार्यलयमा सफलतापूर्वक घुम्ती शिविर सम्पन्न भएको छ । शिविरबाट स्थानीय नागरिकहरूलाई प्रत्यक्ष रूपमा महत्वपूर्ण सेवा प्रदान गरिएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो जेष्ठ नागरिकहरूका लागि घुम्ती स्वास्थ्य परीक्षण सेवा पनि प्रदान गरेको थियो । मा.वि. खयरसाल (वडा नं. ४) मा १५१ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियोे भने ७५ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियोे । वडा कार्यालय, साहानमा १११ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियोे भने ७३ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेकाे थिए
जम्मा २६२ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो भने १४८ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको थियोे ।
स्थानीय तहबाट सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यो शिविरले समुदायमै सेवा पुर्याउने अवधारणालाई साकार तुल्याएको छ।![]()







