गृहिणी महिला सशक्तीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न,
![]()
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिका वडा नं ५ बडिमुहानमा आयोजित गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत गार्मेन्ट उद्योग सञ्चालनका लागि प्रदान गरिएको सिलाइकटाइ सम्बन्धी आधारभूत तथा उन्नत तालिम आज (शुक्रबार) सफलतापूर्वक सम्पन्न भएको छ।
५ लाख ५८ हजार रुपैयाँको कुल बजेटमा सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत ३९० घण्टाको आधारभूत सिलाइकटाइ तालिम र १ महिनाको एडभान्स (उन्नत) तालिम प्रदान गरिएको थियो। तालिममा सहभागी महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गरी स्वरोजगारमा अग्रसर गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।
समापन समारोहमा मरिण गाउँपालिकाका अध्यक्ष बिमर्स मुक्तान (प्रख्यात)काे अध्यक्षता भएको थियो। उपाध्यक्ष बिमला माझी,प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, वडा नं. ५ का वडाध्यक्ष दिपक माझी लगायत सम्बन्धित कर्मचारीहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा सहभागी महिलाहरूले प्राप्त सीपमार्फत आफ्नै गार्मेन्ट उद्योग स्थापना गरी आर्थिक रूपमा आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ। स्थानीय सरकारको सहयोगमा यसप्रकारका कार्यक्रमले दीर्घकालीन रूपमा महिलाहरूको जीवनस्तरमा आर्थिक उन्नतिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
![]()







