मरिणमा कम्प्युटर तालिमको उद्घाटन,डिजिटल पहुँचमा थप कदम

२०८२ जेष्ठ ९ गते, शुक्रबार

सिन्धुली ।

सिन्धुलीको  मरिण गाउँपालिकाको आर्थिक सहयोगमा दुई वटा कम्प्युटर तालिम कार्यक्रमको सफल उद्घाटन गरिएको छ।

यी तालिमहरूमध्ये एक दलित समुदायका युवायुवतीलाई लक्षित तालिम हो, जुन मरिण दलित एकता संघले आयोजना गरेको हो। अर्को तालिम आई.सि.टि कम्प्युटर ट्रेनिङ सेन्टरले सञ्चालनमा ल्याएको आधारभूत कम्प्युटर तालिम कार्यक्रम हो।

उद्घाटन कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तान (प्रख्यात), प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, मरिण दलित एकता संघका अध्यक्ष धन बहादुर साशंकर, साथै स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति थियो।

यी तालिमहरूबाट युवाहरूलाई कम्प्युटर ज्ञान प्रदान गरेर उनीहरूलाई रोजगारी र आत्मनिर्भरता तर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ। डिजिटल युगमा सबै युवाहरूलाई दक्ष बनाउने दिशामा यो गाउँपालिकाको महत्वपूर्ण प्रयास हाे ।

 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon