मरिण गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न,
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकामा आज (शनिबार) एक ऐतिहासिक उपलब्धि स्वरूप पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
यसअघि गाउँपालिकाका सबै वडाहरू पूर्णखोप सुनिश्चित वडाको रूपमा घोषणा भइसकेका थिए भने, आज समग्र गाउँपालिकालाई नै पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो।
गाउँपालिका खोप समन्वय समितिका संयोजक तथा मरिण गाउँपालिकाका अध्यक्ष बिमर्स मुक्तान (प्रख्यात) को अध्यक्षतामा आयोजित कार्यक्रममा औपचारिक रूपमा घोषणा गरिएको हो।
कार्यक्रममा उपाध्यक्ष बिमला माझी जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेल वडाध्यक्षहरु, सुरक्षा निकायका प्रतिनिधिहरू, महिला सञ्जाल, स्वास्थ्य शाखाअन्तर्गतका सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरू, सञ्चारकर्मीहरू तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा आफ्ना महत्त्वपूर्ण भनाइहरु राख्दै पालिका अध्यक्षले भन्नुभयो स्वास्थ्य तथा खोप क्षेत्रमा हासिल यो महत्वपूर्ण उपलब्धिले मरिण गाउँपालिकालाई स्वास्थ्य सुरक्षाको दृष्टिकोणले अझ मजबुत बनाएको छ। सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो साझा प्रयास निरन्तर रहिरहने विश्वास समेत व्यक्त गर्नुभयो ।![]()







