गोलन्जोरमा तरकारी पकेट विकास कार्यक्रमले कृषकमा उत्साह थप्यो,

२०८२ जेष्ठ ११ गते, आईतवार

सिन्धुली ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, खनियाखर्क र विजयछाप आसपासका क्षेत्रमा तरकारी खेतीको सम्भावनालाई व्यावसायिकरणतर्फ उन्मुख गराउन तरकारी पकेट विकास कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको छ।

संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०८१/८२ मा श्री महाभारत कृषक सहकारी संस्था लिमिटेडको साझेदारीमा संचालन गरिएको यस कार्यक्रमले स्थानीय कृषकमा आशा र आत्मविश्वास थपिदिएको छ।

सहकारीका अध्यक्ष प्रकाश लुङ्गेली मगरका अनुसार “पहिलेदेखि नै तरकारी खेतीमा संलग्न कृषकहरूको अनुभव र नयाँ प्रविधिको मेलले उत्पादनमा गुणात्मक परिवर्तन ल्याउनेछ।” कार्यक्रमबाट २५ वटा बाँसका टनेल, ३ वटा फलामे टनेल, ४ वटा मिनि टिलर, मल्चिङ प्लास्टिक, सिँचाइ ट्यांकी, तरकारीका बीउ वितरण तथा प्रविधि हस्तान्तरण कार्यहरू लागत साझेदारीमा संचालन भइरहेका छन्।

हिजो (शनिबार) प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, कृषि शाखा प्रमुख सरोज दाहाल, कृषि स्नातक पवित्रा भुजेल र सहकारीका पदाधिकारीहरूले विजयछाप क्षेत्रको स्थलगत अवलोकन र कृषकहरूसँग अन्तरक्रिया गरेका  कार्यक्रम गर्नुभएको थियोे । उहाँहरुले कृषकका अनुभव, आवश्यकतालाई समेट्दै भविष्यमा कार्यक्रमको दायरा विस्तार गर्ने प्रतिबद्धता व्यक्त  गर्नुभएको छ ।

कार्यक्रमबाट तरकारी खेतीको क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ, भने उत्पादन र उत्पादकत्वमा पनि उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ। स्थानीय स्रोत, सहकारी र प्रविधिको समन्वयले गोलन्जोर गाउँपालिकालाई आत्मनिर्भर कृषि समुदायतर्फ उन्मुख गराउने सम्भावना देखिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon