नागदहमा महिला सशक्तीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न,
रामेछाप
रामेछापको लिखुतामाकोसी गाउँपालिका वडा नं ५ नागदहमा आज (शनिबार) एक दिने महिला सशक्तीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वडाभित्रका महिलाहरुकाे उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता वडा नं ५ का वडा अध्यक्ष राेम बहादुर तामाङले गर्नुभएको थियो भने कार्यक्रमको आयोजक वडा कार्यालयले गरेको थियोे । महिलाहरुको सामाजिक, आर्थिक, शैक्षिक तथा नेतृत्व क्षमतामा अभिवृद्धि ल्याउने उद्देश्यले कार्यक्रम आयोजक गरेको थियोे । उक्त कार्यक्रममा वडाका ६० जना महिलाहरुकाे सहभागी रहेका थिए ।
कार्यक्रममा महिलाहरुको सशक्तीकरणकाे विषट छलफल भएको थियोे ।कार्यक्रम सहजीकरण पत्रकार ज्ञानु श्रेष्ठ र वडा सचिव उमेश बहादुर बढुवाल ले गर्नुभएकाे थियोे । उहाँहरुले महिलाहरुलाई आत्मनिर्भरता, नेतृत्व विकास, आर्थिक सशक्तीकरण, लघुवित्त, स्वरोजगार, कानुनी अधिकारकाे विषयमा महत्वपूर्ण जानकारी र प्रशिक्षण दिनुभएको थियो।
सहजीकरणका क्रममा महिलाहरुले आफुहरुले दैनिक जीवनमा भोगिरहेका समस्या, चुनौती र अवसरका विषयमा पनि विचार आदान-प्रदान गरेका थिए। कार्यक्रममा सहभागी महिलाहरुले यस्ता कार्यक्रमले आफूहरुलाई थप जानकारी र आत्मविश्वासी बनाउने प्रतिक्रिया दिएका छन्।
कार्यक्रम अन्त्यमा वडा अध्यक्षले महिलाहरुको सहभागिता र सक्रियतालाई प्रशंसा गर्दै आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो।![]()







