रामेछापमा विश्व रक्तदान दिवस मनाइयो,

२०८२ जेष्ठ ३१ गते, शनिबार

रामेछाप ।

विश्व रक्तदाता दिवसको अवसरमा रामेछापमा रक्तदान र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय रामेछापको आयोजनामा, नेपाल रेडक्रस सोसाइटीको समन्वय र रामेछाप अस्पतालको सहयोगमा कार्यक्रम गरिएको हो।

रक्तदान कार्यक्रममा १४ जना व्यक्तिहरूले रगत दान गरे। कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख विभु कुमार झाले रक्तदानको महत्वबारे जानकारी दिनुभयो। उहाँले तीन–तीन महिनामा रक्तदान गर्दा अरूको जीवन बचाउन सकिने कुरा बताउनुभयो। साथै, युवाहरुलाई रक्तदानमा सहभागी हुन आग्रह गर्नुभयो।

कार्यक्रममा नियमित रक्तदान गर्ने र विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थालाई पनि सम्मान गरिएको थियो।

हरेक वर्ष जुन १४ मा मनाइने यो दिवस रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिनको सम्झनामा मनाइन्छ। सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो।

 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon