ओखलढुंगामा अनौठो खुसी,हिरा तामाङको कोखबाट एउटैपटक तीन छोरीको जन्म,
ओखलढुंगा ।
ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं ६ श्रीचौरमा बसोबास गर्ने ३२ वर्षीया हिरा तामाङले एउटैपटक तीन छोरीलाई जन्म दिएकी छन्। शुक्रबार बिहान ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा गरिएको शल्यक्रियामार्फत तीनजना सन्तानले एकसाथ यो संसारको उज्यालो देखेका हुन्
डा. रमिता कँडेलको नेतृत्वमा पाँच जना स्वास्थ्यकर्मीको टोलीले बिहान १०:४० बजे सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको अस्पतालले जनाएको छ। जन्मिएका नवजात शिशुहरूमध्ये पहिलोको तौल २.२ केजी, दोस्रोको १.९ केजी र तेस्रोको २.३ केजी रहेको छ।
पहिलो पटक एउटै शल्यक्रियाबाट तीन शिशुको जन्म भएको छ ।शल्यक्रियापछि आमा र सबै शिशुहरूको स्वास्थ्य अवस्था हाल सम्म सामान्य रहेको जानकारी गराउदै स्वास्थ्यकर्मीहरु खुसी व्यक्त गरेका छन।
यसअघि तामाङ दम्पतीको सात वर्षीय छोरा पनि छन्। अब उनको परिवारमा तीन नवजात छोरीको आगमनसँगै थप उल्लास थपिए छ।







