मरिणमा रागा भैसीकाे मासु प्रशोधन केन्द्रबारे सर्वपक्षीय छलफल,

२०८२ असार १९ गते, बिहीबार

सिन्धुली ।

सिन्धुलीको मरिण  गाउँपालिकामा रागा भैसीको मासु प्रशोधन तथा निर्यात केन्द्र स्थापनासम्बन्धी सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न भएको छ।

आज(बिहीबार) गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त छलफल कार्यक्रम गाउँपालिका अध्यक्ष बिमर्स मुक्तानको अध्यक्षता र संघीय सांसद लेखनाथ (राजन) दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उपाध्यक्ष विमला माझी, वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधि तथा हिमालयन फुड इन्टरनेशनल प्रा.लि.का प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रशोधन केन्द्र स्थापनासँग जोडिएका विभिन्न पक्षहरू जस्तै स्थानीय स्रोतको उपयोग, रोजगारी सृजना, कृषक सशक्तिकरण, वातावरणीय सुरक्षा तथा निर्यात सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।

स्थानीयस्तरमै भैसीको मासु प्रशोधनको संरचना तयार भएपछि किसानलाई सहज बजार, युवालाई रोजगारी र गाउँपालिकालाई आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ। सहभागीहरूले यस्तो परियोजना स्थानीय समृद्धिको ढोका खोल्ने आधार बन्न सक्ने विश्वास व्यक्त गरे।

छलफलमा सबै पक्षले परियोजना सफल बनाउन आवश्यक नीति, पूर्वाधार तथा सहकार्यमा जुट्ने प्रतिबद्धता जनाएका छन्। गाउँपालिकाले परियोजनालाई अघि बढाउन थप गृहकार्य गरिरहेको जनाएको  छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon