मरिण गाउँपालिका वडा नं ६ मा स्कुल झोला तथा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न,

२०८२ असार १७ गते, मंगलवार

सिन्धुली ।

सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं.६ मा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै स्कुल झोला तथा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

आज (मंगलबार) सम्पन्न उक्त कार्यक्रम वडा नं. ६ का वडा अध्यक्ष हर्क बहादुर माझीको अध्यक्षतामा र मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात) काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा शैक्षिक उत्साह वृद्धि गर्नुका साथै शारीरिक विकासमा सहयोग पु-याउने रहेको  थियोे ।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

वडा अध्यक्ष माझीले वडामा रहेका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री सुधारमा निरन्तर काम भइरहेको जनाउँदै विद्यार्थीको हकमा आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष विमर्श मुक्तानले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यस्तो वितरण कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon