गोलन्जोरमा १६ सदस्यीय परिवार सम्पर्क विहीन, खोजी कार्य जारी,

२०८२ श्रावण १२ गते, सोमबार

सिन्धुली ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पा भण्डास विप्पर कट्टेरी निवासी उर्मिला हायु सहित १६ जना परिवार सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेमध्ये उर्मिला हायु, उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नाति र १ नातिनी रहेका छन्। परिवार सम्पर्कविहीन भएको जानकारी पाएपछि सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूको सहकार्यमा खोजी कार्य तीव्र पारिएको गोलन्जोर गाउँपालिकाले जनाएको छ।

परिवारले मिति २०८२ साउन ६ गते खुर्कोटस्थित हिमालयन बैंकमा सामाजिक सुरक्षा भत्ता बुझेको र साउन ९ गते वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गरेको पुष्टि भएको छ। त्यसयता उनीहरू सम्पर्कविहीन रहेका हुन्।

सम्पर्कविहीन परिवार भेट्ने जो कोहीले नजिकैको प्रहरी कार्यालय वा गोलन्जोर गाउँपालिका कार्यालयमा खबर गर्न पालिकाले हार्दिक अनुरोध गरेको छ।

 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon