रामेछापमा पहिलो राष्ट्रिय कोदो दिवस सम्पन्न,

२०८२ श्रावण १६ गते, शुक्रबार

रामेछाप ।

“कोदो जन्य परिकारको आहार, स्वास्थ्य सुरक्षा र खाद्य जीवनको आधार” भन्ने मूल नाराका साथ रामेछापमा पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

मन्थली नगरपालिका–३ कठजोरस्थित ठाँटीमा जमर्को कृषि सहकारी संस्थाको आयोजनामा कोदो रोप्दै दिवस मनाइएको हो । कार्यक्रममा सहभागीहरूले कोदोका परिकारहरू समेत स्वाद लिएका थिए ।

दिवसको कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम इकाई, कृषि विकास कार्यालय, जिल्ला सहकारी संघ तथा जिल्ला कृषि सहकारी संघ रामेछापको समन्वयमा सम्पन्न भएको हो ।

सरकारले साना किसानको आयआर्जन बढाउने, खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने र कोदाजन्य बालीहरूको आयात घटाउने उद्देश्यले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

साथै, दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनबाट हुने असर कम गर्न तथा जैविक विविधता संरक्षण गर्दै खाद्य प्रणालीलाई रुपान्तरण गर्न यो दिवस महत्त्वपूर्ण हुने आयोजकहरूले बताएका छन् ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon