सिन्धुलीको मरिण गाउँपालिकामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न,
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकाले आ.व. २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रम आज (बिहीबार) गाउँपालिकाकाे पालिकाहलमा सम्पन्न गरेको छ
गाउँपालिकाका अध्यक्ष श्री विमर्स मुक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीमती विमला माझी, प्रमुख प्रशासकीय अधिकृत श्री विकास सुन्दास तथा गाउँपालिकाका सबै वडा अध्यक्षहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार र आम नागरिकहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूले स्लाइडमार्फत वार्षिक प्रतिवेदन र प्रगति विवरण प्रस्तुत गरेका थिए। सहभागीहरूले उपलब्धि, चुनौती, गुनासो तथा आगामी दिनका लागि सुझावहरू प्रस्तुत गर्दै रचनात्मक छलफल गरेका थिए।
कार्यक्रम समापन गर्दै गाउँपालिका अध्यक्ष विमर्स मुक्तानले प्रस्तुत गरिएका सुझावहरूलाई आत्मसात गर्दै आगामी दिनमा अझ दक्षता, पारदर्शिता र जनउत्तरदायित्वका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।![]()







