झापा गोल्डकपमा सिंग्लिङ एस.सीलाई ७ गोलले हराउँदै एपीएफ क्लब सेमिफाइनलमा,
२०८२ कार्तिक १९ गते, बुधबार
एपीएफ क्लब झापाको दुधे रंगशालामा चलिरहेको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७ गोलको फराकिलो अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो ।
हिजो भएको खेलमा एपीएफका लागि रश्मि कुमारी घिसिङले ह्याट्रिक गरिन् । आज संकटा क्लब काठमाण्डौ र झापा–११ एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।







