झापा महिला गोल्डकपको उपाधिका लागि आज पुलिस र एपीएफ खेल्ने,

२०८२ कार्तिक २४ गते, सोमबार

झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा दिउँसो एक बजे शुरू हुने आयोजकले जनाएको छ ।

नेपाल पुलिस क्लबले सङ्कटा एफसीलाई र एपीएफले नेपाल आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon