रामेछापमा वृद्धा हत्या आरोपमा फरार युवक दोलखाबाट पक्राउ,

२०८२ मंसिर २ गते, मंगलवार

रामेछाप ।

रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलमा एक वृद्धा महिला हत्या भएको घटनामा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

७२ वर्षीया भीमालक्ष्मी खड्कामाथि धारिलो हतियारले प्रहार गरी हत्या गरिएको थियो। घटनापछि गाउँबाट भागेका २६ वर्षीय दिलीप खड्कालाई प्रहरीले दोलखाको मेलुङ गाउँपालिका–७ मा हिँडिरहेको अवस्थामा आज(मंगलबार) दिउँसो पक्राउ गरेको हो।

रामेछापका डिएसपी भोला भट्टका अनुसार प्रारम्भिक बयानमा दिलीपले आक्रमण गरेको स्वीकार गरेका छन्। उनले वृद्धालाई किन हमला गरे भन्ने कारण भने अझै खुलेको छैन।
प्रहरीले उनलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखी थप अनुसन्धान अघि बढाएको जनाकारी दिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon