मरिण गाउँपालिकामा सितोरियो कराते संघको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न,

२०८२ मंसिर २ गते, मंगलवार

सिन्धुली ।
सिन्धुलीकाे मरिण गाउँपालिकामा सितोरियो कराते संघको प्रथम अधिवेशन आज (मंगलबार) उत्साहपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ।

खेलकुदको प्रवर्द्धन तथा स्थानीय युवा प्रतिभालाई सशक्त बनाउने उद्देश्यसहित आयोजित अधिवेशनमा मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तान (प्रख्यात) विशेष अतिथि रहनुभएको थियो।

कार्यक्रममा स्थानीय समाजसेवी, खेलप्रेमी, प्रशिक्षक तथा कराते खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनमार्फत संघको संगठनात्मक संरचना सुदृढ गर्दै कराते खेललाई गाउँ–गाउँसम्म विस्तार गर्ने योजनाबारे चर्चा गरिएको थियो ।

प्रतिभा पहिचान, खेल पूर्वाधार विकास तथा नियमित प्रशिक्षण गतिविधिलाई प्रभावकारी बनाउने लक्ष्यसहित सम्पन्न अधिवेशनले मरिण क्षेत्रमा कराते खेलको विकासमा नयाँ ऊर्जा थपिने र
कार्यक्रमका केही झलकहरूले स्थानीय युवाको उत्साह, कराते खेलप्रतिको आकर्षण र खेलकुदप्रतिको आकर्षण बढ्दै जाने कार्यक्रमका विशेष अतिथि मरिण गाउँपालिका अध्यक्ष बिमर्श मुक्तान( प्रख्यात) ले भन्नुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon