मरिण गाउँपालिकामा छारे रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकाको समन्वयमा तथा नेपाल छारे रोग संघ, काठमाडौंको आयोजनामा सञ्चालन गरिएको छारे रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आज (शनिबार ) सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त स्वास्थ्य शिविरमा मरिण गाउँपालिकाका अध्यक्ष श्री बिमर्श मुक्तान,( प्रख्यात) वडा अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरमा समुदायमा देखिने छारे रोग (Epilepsy) सम्बन्धी जानकारी, परामर्श, प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार सेवाहरू प्रदान गरिएको थियो। स्थानीय बासिन्दाले यस्ता कार्यक्रमले स्वास्थ्य सचेतना वृद्धि हुनुका साथै उपचार सेवामा सहज पहुँच उपलब्ध गराएको बताउँदै प्रशंसा गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष बिमर्श मुक्तानले स्वास्थ्य सेवा जनताको घरदैलोसम्म पुर्याउन स्थानीय तह निरन्तर सक्रिय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता जनउपयोगी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।![]()







