रामेछापमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड, श्री गौरीशंकर मा.वि.ले जित्यो समग्र उपाधि,

२०८२ मंसिर १३ गते, शनिबार

रामेछाप ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने प्रमुख नाराका साथ रामेछाप नगरपालिकामा मंसिर ११ गतेदेखि सुरू भएको आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज (शनिबार) भव्य रूपमा सम्पन्न भएको छ।

समापन समारोहका प्रमुख अतिथि रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपाने हुनुहुन्थ्यो भने कार्यक्रममा उपप्रमुख बालकुमारी कार्की थापा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा १३ वटै विद्यालयका शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो।
रामेछाप नगरपालिकाकाे आयोजनामा नगरका १३ माध्यमिक विद्यालय सहभागी रहेका प्रतियोगिता तीन दिनसम्म सञ्चालन भयो जसमा तेक्वान्दो, उसु, कराते, कबड्डी, भलिबल र एथलेटिक्सका प्रतिस्पर्धाहरू गरिएका थिए।

खे्ल परिणाम
तेक्वान्दो
प्रथम : श्री गौरीशंकर मा.वि. रामेछाप — स्वर्ण ७, रजत ५ (जम्मा १२)
द्वितीय : शारदा संस्कृत मा.वि. बाबियाखर्क — स्वर्ण ३, रजत ३, कास्य ५ (जम्मा ११)
तृतीय : मा.वि. भंगेरी — स्वर्ण २, रजत २, कास्य ४ (जम्मा ८)
सान्त्वना : जनता मा.वि. — रजत १, कास्य २ (जम्मा ३)
उसु
प्रथम : श्री गौरीशंकर मा.वि. — स्वर्ण ८, रजत २, कास्य ३ (जम्मा १३)
द्वितीय : मा.वि. भंगेरी — रजत ३, कास्य १ (जम्मा ४)
कराते
प्रथम : जनता मा.वि. — स्वर्ण ७, रजत ७, कास्य ६ (जम्मा २०)
द्वितीय : श्री गौरीशंकर मा.वि. — स्वर्ण ३, रजत ४, कास्य ७ (जम्मा १४)
तृतीय : मा.वि. भंगेरी — स्वर्ण २, रजत १, कास्य ३ (जम्मा ६)
कबड्डी
छात्र
प्रथम : चण्डेश्वरी मा.वि. गोठगाउँ
द्वितीय : हिमगंगा मा.वि.
तृतीय : जनकल्याण मा.वि.
तृतीय : श्री गौरीशंकर मा.वि.
छात्रा
प्रथम : चण्डेश्वरी मा.वि. गोठगाउँ
द्वितीय : जनता मा.वि. कोजनजोऱ
तृतीय : शारदा संस्कृत मा.वि. बाबियाखर्क
तृतीय : महारुद्र मा.वि. बोलङबोलङ
भलिबल
छात्र
प्रथम : हिमगंगा मा.वि.
द्वितीय : जनता मा.वि.
तृतीय : रेणुकादेवी मा.वि.
तृतीय : कालिका मा.वि.
छात्रा
प्रथम : हिमगंगा मा.वि.
द्वितीय : चण्डेश्वरी मा.वि.
तृतीय : श्री गौरीशंकर मा.वि.
तृतीय : जनकल्याण मा.वि.
समग्रमा
उच्चतम संख्या पदक हासिल गर्दै श्री गौरीशंकर मा.वि. रामेछाप समग्र पहिलो भएको छ।
द्वितीय स्थान जनता मा.वि.,
तृतीय स्थान हिमगंगा मा.वि. ले हासिल गरेकाे छ ।

समापन समारोहमा प्रमुख अतिथि नगर प्रमुख लबश्री न्यौपानेले विजेता खेलाडीहरूलाई बधाई दिँदै पराजित खेलाडीलाई कमजोर नबन्न उत्साहप्रद शब्द व्यक्त गर्नुभयाे । उहाँले विजयी खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयाे ।

कार्यक्रमका सभा अध्यक्ष  तथा रामेछाप नगर खेलकुद विकास समितिका संयाेजक केदार कार्कीले धन्यवाद ज्ञापन गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै खेल समापन गर्नुभयो थियो । खेल प्रतियोगिता रामेछाप नगरपालिका–८ स्थित टुँडिखेल मैदानमा सम्पन्न गरिएको थियो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon