मरिणमा १६ दिने अभियान अन्तर्गत वक्तृत्व प्रतियोगिता सम्पन्न

२०८२ मंसिर २४ गते, बुधबार

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकामा आज (बुधबार) अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे १६औँ र अन्तिम दिनको अवसरमा “लैङ्गिक हिंसा विरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका” विषयक अन्तर–माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम मरिण गाउँपालिका, HANDS Nepal तथा TPO Nepalको साझेदारीमा आयोजना गरिएको हो।

कार्यक्रम मरिण गाउँपालिकाकी उपाध्यक्ष श्री विमला माझीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष श्री विमर्स मुक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री पदम बहादुर खत्री, कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, शिक्षक, विद्यार्थी, विभिन्न संघ–संस्था तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूमध्ये निम्न विजयी भएका छन्—
विजेताहरू:
प्रथम: मावि देउराली — मंगली माया घलान
द्वितीय: मावि कार्तिके — निशा यस्माली
तृतीय: मावि तल्लो खन्जनी — आकृति माझी
सान्त्वना पुरस्कार:
• बालसाक्षर मावि मुङग्रेदोभान — कान्छीमाया मुक्तान
• मावि खलङ्गा — फूलकुमारी सिजाली

पालिका अध्यक्ष बिमर्श मुक्ताले भन्नुहुन्छ कार्यक्रमले शिक्षा क्षेत्रमार्फत लैङ्गिक हिंसा विरुद्ध सचेतना फैलाउने र विद्यार्थीस्तरमै सामाजिक न्यायप्रति जिम्मेवारीबोध गराउने संदेश दिएको छ । यस्ता कार्यक्रम गर्नाले विद्यार्थीहरुकाे हाैसला बढाउछ र क्षमता बिकास हुन मद्दत पुग्छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon