खयरसालका २७ अनाथ तथा विपन्न बालबालिकालाई न्यानो पोसाक वितरण,
![]()
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिका–४ स्थित आवासीय विद्यालय श्री माध्यमिक विद्यालय मरिण खयरसालमा अध्ययनरत अनाथ तथा विपन्न बालबालिकालाई न्यानो पोसाक वितरण गरिएको छ।
मरिण गाउँपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत २७ जना बालबालिकालाई ट्याकसुट वितरण गरेको हो। गाउँपालिकाका अध्यक्ष श्री विमर्श मोक्तान (प्रख्यात) को प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रममा १७ जना अनाथ र १० जना विपन्न गरी कुल २७ जना बालबालिका लाभान्वित भएका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष मोक्तानले चिसो मौसममा बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर न्यानो पोसाक वितरण गरिएको बताउनुभयो। उहाँले भन्नुभयो,
“बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानी गर्नु नै समृद्ध समाजको आधार हो। अनाथ तथा विपन्न बालबालिका राज्यका विशेष सरोकारका विषय हुन्, उनीहरूको संरक्षण र सशक्तीकरणमा मरिण गाउँपालिका सधैं प्रतिबद्ध छ।”
अध्यक्ष मोक्तानले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।![]()
विद्यालय प्रशासनले गाउँपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकाको मनोबल बढ्नुका साथै पठनपाठनमा समेत सकारात्मक प्रभाव पर्ने जनाएको छ।







