साहास लघुउद्यम कृषि सहकारीको ९औँ वार्षिक साधारण सभा मरिणमा सम्पन्न,

२०८२ पुष २६ गते, शनिबार

सिन्धुली

सिन्धुलीको मरिण गाउँपालिकामा आज(शनिबार) साहास लघुउद्यम कृषि सहकारी संस्था लि. मरिण गाउँपालिका–०४, साहान को दोस्रो अधिवेशन तथा ९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष सुजता थोकर को अध्यक्षतामा तथा मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मुक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष मुक्तानले सहकारी संस्थाले स्थानीय उत्पादन, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सहकारीमार्फत कृषक तथा लघुउद्यमीलाई संगठित गरी आयआर्जनका अवसर बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष जित बहादुर कालतान, वडा नं. ३ का अध्यक्ष जित बहादुर श्रेष्ठ, इलाका प्रहरी कार्यालयका प्रमुख अशोक यादव लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, सहकारीका सदस्य तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण प्रस्तुत गर्दै आगामी कार्ययोजना र नीति कार्यक्रमबारे छलफल गरिएको थियो। अधिवेशनले संस्थालाई अझ सशक्त, पारदर्शी र सदस्य–मैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon