गर्भवती हुनु अपराधजस्तै: सेतो गुराँसद्वारा महिलाको हक उल्लङ्घन,

२०८२ पुष २८ गते, सोमबार

सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले परियोजनाको नाममा नियुक्त कर्मचारीहरूलाई अन्यायपूर्ण रूपमा हटाउने, तलब काट्ने, अभद्र व्यवहार गर्ने तथा गर्भवती भएकै कारण रोजगारीबाट हटाउनेजस्ता गम्भीर श्रम शोषण गरेको खुलासा भएको छ।

रामेछापकाे मन्थली नगरपालिका, रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकामा सञ्चालित इसिडी हार्मोनी परियोजनाका लागि चार वर्षे करारमा नियुक्त २८ जना कर्मचारीमध्ये एक वर्ष नपुग्दै विभिन्न बहानामा कर्मचारी हटाइएको पीडितहरूको आरोप छ।

कर्मचारी हटाउँदा सम्बन्धित स्थानीय तहसँग कुनै समन्वय नगरिएको जनप्रतिनिधिहरूले बताएका छन्।
निवर्तमान इसिडी मेन्टरहरूले परियोजना अधिकृत मैया बस्नेत र लेखा सहायक करुणा पौडेलबाट अभद्र व्यवहार, नियोजित रूपमा टाइमसिट खाली गराउन लगाई तलब काटिएको गुनासो गरेका छन्। केही कर्मचारीको आधार तलबबाट हजारौँ रुपैयाँ कटौती गरिएको आरोप छ।

यस्तै, गर्भवती भएकै कारण मेन्टरबाट हटाइएको आरोप पनि लागेको छ। कानुनविद्हरूका अनुसार यो संविधानको धारा ३८ र श्रम ऐन २०७४ को दफा ३३ (मातृत्व संरक्षण) को ठाडो उल्लङ्घन हाे ।

परियोजना अधिकृत मैया बस्नेतले दुव्र्यवहार वा तलब कटौती नभएको दाबी गर्नुभएको छ । स्थानीय तहका प्रमुखहरूले कर्मचारी हटाउने विषयमा कुनै समन्वय नभएको बताउनुभएकाे छ
जिल्ला प्रशासन कार्यालय रामेछापले उजुरी आए छानबिन गरी दोषीमाथि कारबाही गरिने जनाएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon